Loading...
Loading...

You save Rs. 49
Inclusive of all taxes
“जेठो छोरा” — एउटा जीवन होइन, एउटा युगको प्रतिबिम्ब हो।
COD Available
Pay on delivery
Not returnable
See our returns policy
Visit Seller Store
"जहाँ आत्मा शरीर छोड्ने आट गर्यो,श्वासले मुटु छोड्ने आट गर्यो तर मनले आमाको याद र आमा भन्दा अगाडी दुनियाँ छोड्ने आट गरेन"
यदि तपाईंहरूले "जेठो छोरो" उपन्यास पुस्तक पढ्न चाहनुहुन्छ भने तलका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ—
तपाईंहरूको साथ, माया र सुझावको प्रतीक्षा रहनेछ। 🙏✨
लेखकको कलम बाट ......
जीवनले कहिल्यै सोध्दैन — तिमी तयार छौ कि छैनौ ? तर जिम्मेवारी भने एकदिन ढोका ढकढक्याउँछ, र त्यही क्षणदेखि बाल्यकालको अन्त्य हुन्छ ।
“जेठो छोरा” केवल एउटा पात्रको कथा होइन, यो त हजारौं परिवारहरूको मौन इतिहास हो — जहाँ एउटा छोराको हाँसो बिस्तारै रोकिँदै जान्छ, किनकि घरमा जेठो छोरा पढ्न होइन, कमाउन पठाइन्छ ।
यो उपन्यास सुरज नामका पात्रको यात्रा हो — जो आफ्नै अन्धकारभित्र उज्यालो खोज्दै निस्किन्छ । दुःख, बेवास्ता र परदेशको पीडाबीच पनि ऊ कहिल्यै हार मान्दैन, किनकि ऊ बुझ्छ —“आफ्नो बलिदानले परिवार बाँच्छ भने, त्यो नै पूजा हो ।”
सुरज कुनै असाधारण पात्र होइन, ऊ त हामी सबैको मनभित्र लुकेको त्यो आत्मा हो — जो थकित छ, तर अडिएको छ; जो रोएको छ, तर अझ बलियो बनेको छ ।
यो कथा रगत, पसिना र आँसुबाट लेखिएको हो । जहाँ हरेक पानामा आमाको सम्झना छ, बुबाको कतै मौनता, कतै गैरजिम्मेवारीको पीडा छ, दिल सफा तर व्यवहारमा कठोर आँसुहरू छन्, र एउटा छोरोको त्यागभित्र पूरा ब्रह्माण्डको करुणा लुकेको छ ।
“जेठो छोरा” ले सिकाउँछ —संघर्षले मान्छेलाई हराउँदैन,
बरु उसलाई नयाँ अर्थ दिन्छ । प्रेम, कर्तव्य र आत्मसमर्पण नै मानवताको सबैभन्दा ठूलो धर्म हो ।
यो उपन्यास लेख्दा म केवल कथा रच्दै थिइनँ, म आफ्नै जीवनका टुक्राहरूलाई शब्दमा जोड्दै थिएँ — दुःख, हाँसो, पीडा र आशा मिसिएको एउटा आत्मयात्रा, जहाँ हरेक पाना घाउको चिनो हो,
तर हरेक वाक्य आशाको पुनर्जन्म हो ।
अन्ततः, यो कथा यही सन्देश दिन्छ — जीवन सजिलो छैन, तर आशा र आस्था भए सबथोक सम्भव छ । आफ्नो पीडालाई उज्यालोमा रूपान्तरण गर्नेहरू कहिल्यै हराउँदैनन् — उनीहरू अमर हुन्छन् ।
यो एउटा आत्माको यात्रा हो — जहाँ म लेखक मात्र होइन,
म आफैं पात्र बनेर लेखिएको सत्य हो ।
भाषा सम्पादन गरिदिनु भएकाेमा आदरणीय गुरू धनपति कोईराला र अर्जुन अविरल भिनाजूप्रति पनि हार्दिक आभार । तपाईंहरूको साथ, सल्लाह र प्रेरणाले
\0.0
0 reviews